साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत

19

काठमाडौं । सरकारले सूचना तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद्‌ बैठकले विधेयक सङ्घीय संसद समक्ष पेस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्वीकृति दिएको हो । यससँगै अबको केही दिनमा उक्त विधेयक सङ्घीय संसदमा दर्ता हुनेछ ।

त्यसपश्चात् संसदका दुवै सदनमा क्रमशः दफावार छलफल भएपश्चात् पारित भएमा विधेयकले ऐनको रूप ग्रहण गर्नेछ र राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै कार्यान्वयनमा आउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here