काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आन्दोलनमा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ सहभागी नहुने भएको छ ।
राप्रपासहित राजावादी समूहले गर्न लागेको उक्त आन्दोलनमा आफूहरूको सहकार्य नरहेकाले सो अभियानका केन्द्रीय सचिव प्रेमदिप लिम्बूले जानकारी गराए ।
आन्दोलनको क्रममा कुनै घटना घटेको खण्डमा आफ्नो अभियान कुनै पनि जिम्मेवारी नलिने पनि विज्ञप्तिमा जनाइएको छ । राप्रपासहितका राजावादी समूहले प्रदर्शन जारी रहेकाे छ ।


















