एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा आनन्द नियुक्त

26

काठमाडाैं । नेपाल एसबिआई बैंकका प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका विकास आनन्द  बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् ।

यस नियुक्तिसँग आनन्दले बैंकको नायब प्रमुख कार्यकारी अधिकृत र प्रमुख सञ्चालन अधिकृतको समेत जिम्मेवारी सम्हालिरहेका छन् ।

नेपाल एसबिआई बैंकले विगत ३१ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here