केटीको हकमा बिहे गर्ने उमेर घटाउँदा राम्रो हुने सुझाव

21

धनुषा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले बिहे गर्ने उमेर कम गर्नुपर्ने धारणा राखेका छन्।

 आइतबार जनकपुरधाममा आयोजित ‘राष्ट्रिय बालबालिका नीति, २०८०’ कार्यान्वयन कार्ययोजना मस्यौदासम्बन्धी मधेश प्रदेशस्तरीय राय सुझाव कार्यक्रममा उनले सामाजिक, धार्मिक तथा अभिभावकको मागअनुसार केटीको हकमा बिहे गर्ने उमेर घटाउँदा राम्रो हुने सुझाव दिएका हुन्।

‘सरकारले केटीका लागि विवाह गर्ने उमेर न्यूनतम २० वर्ष तोकेको छ, अब त्यसलाई १८ वर्षमा ल्याउनुपर्छ,’ उनले भने। उनले यससँग सम्बन्धित प्रस्ताव संघीय संसदमा प्रस्ताव पेस गरेकोसमेत उल्लेख गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here