ऐतिहासिक पदक जितेकी एरिका गुरुङ स्वदेश फर्किए

30

काठमाडौं । मोरक्कोमा भएको वर्ल्ड कराते फेडेरेसन कराते-१ प्रिमियर लिगमा ऐतिहासिक पदक जितेकी एरिका गुरुङ स्वदेश फर्किएकी छन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरुले स्वागत गरे।महिला ६८ केजी तौल समूहमा भएको प्रतिस्पर्धामा फ्रान्सकी पिए क्लेमेन्सलाई हराउँदै एरिकाले नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिइन्।

विश्वका उत्कृष्ट ३२ खेलाडीहरूको प्रतिस्पर्धामा नेपालकी एरिका तेस्रो भएकी हुन्। उनी करते प्रिमियर लिगमा पहिलो पदक जित्ने नेपाली खेलाडी समेत बनिन्। यसअघि प्रतियोगितामा छनोट भएसँगै एरिका यस्तो प्रतियोगितामा भाग लिने समेत पहिलो खेलाडी बनेकी थिइन्। यसअघि सेमिफाइनलमा पराजित भएकी एरिकाले कास्य पदकका लागि भिड्ने मौका पाएकी थिइन्। सेमिफाइनलमा एरिकालाई हराएकी मारिया टोरेसले यो तौल समूहमा स्वर्ण जितेकी छिन्।

एरिका एसियाली खेलकुदमा नेपालका लागि रजत  विजेता खेलाडी हुन्। उनले चीनको हान्झाउमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here