नेपाल र हङ्कङबीचको मैत्रीपूर्ण फुटबल गोलरहित बराबरीमा

19

काठमाडौं । नेपाल र हङ्कङबीचको अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ ।
हङ्कङको राष्ट्रिय रङ्गशालामा बिहिबार सम्पन्न खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि गोलरहित बराबरीमा खेल सकिएको हो ।

खेलको दोस्रो हाफको अतिरिक्त समयमा नेपाल १० खेलाडीमा सीमित भएको थियो । नेपालका मणि लामाले दुईवटा पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए । एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपाल र हङ्कङले मैत्रीपूर्ण खेल खेलेका हुन् ।नेपालले अब एसियन कप छनोटको समूह चरणको खेलमाजुन १९ मा लाओसको सामना गर्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here