पतञ्जली जग्गा प्रकरण अब अदालतको बिषय बनिसकेको छ : खनाल

18

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले पतञ्जली जग्गा प्रकरण अब अदालतको बिषय बनिसकेको जनाएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा खनालले पतञ्जली जग्गा प्रकरण अब अदालतको बिषय बनिसकेकाले धेरै टिकाटिप्पणी गर्न उचित नहुने जनाए ।

उनले नेपालको गणतन्त्र र शासन प्रशासनलाई साँच्चि नै पारदर्शी, जनमुखी र राष्ट्रिय हित अनुकुलको बनाउनका लागि धेरै काम गर्नुपर्ने देखिएको उल्लेख गरे ।

खनालले नेपाली समाजलाई सुखी र समृद्ध बनाउनका लागि गहन बहस गर्न जरुरी रहेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here