सत्तापक्ष र प्रतिपक्षी दलहरूको बैठक सहमति भएन

34

काठमाडौं । प्रतिनिधिसभामा जेठ १३ गतेदेखिको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेको पहलमा बसेको सत्तापक्ष र प्रतिपक्षी दलहरूको बैठकमा कुनै सहमति हुन सकेन।

सभामुख घिमिरेसहित उपसभामुख इन्दिरा रानामगर, कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासिया, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी बैठकमा कुरा मिल्न नसकेको हो।

प्रतिपक्षीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय समिति वा न्यायिक आयोग बनाउनु पर्ने माग राखिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here