काठमाडौ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार सन्तुलित रहेको दाबी गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले पुँजीगत खर्च चालु आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि गरिएको बताए।
अन्तरसरकारी वित्त हस्तान्तरणमा आयोगले निर्धारण गरेको वित्त आयोगबाट निर्धारण गरिएको सीमाभन्दा करिब ४ अर्बले वृद्धि गरिएको जानकारी दिए। आम्दानीको मुख्य स्रोत राजश्वले समग्र खर्चको करिब ६७ प्रतिशत धान्ने गरीकन बजेट प्रस्ताव गरिएको जनाए ।
अर्थमन्त्री पौडेलले आम्दानीतर्फ राजश्व अनुमान संशोधित लक्ष्यको तुलनामा १६ प्रतिशतले वृद्धि प्रस्ताव गरिएको जनाए।
















