प्रतिनिधिसभाको बैठक ढिलो गरी शुरु

20

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ। आज बिहान ११ बजेका लागि तय भएको बैठक केही समय ढिलो गरी शुरु भएको हो।

आज पनि प्रतिपक्षी दल रास्वपा र राप्रपाले विरोध गरिरहेका छन् तर सभामुख देवराज घिमिरेले अवरोधकै बीच बैठकको कारबाही अघि बढाएका छन्।

आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गरिनेछ भने उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।

आजै अर्थमन्त्री पौडेलले ‘विनियोजन विधेयक, २०८२’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ। त्यस्तै, आजको बैठकमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्नेसमेत कार्यसूची रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here