खाेला मापदण्डविरूद्व बृहत प्रर्दशन हुँदै

149

काठमाडौं । भूमि अधिकार संरक्षण समितिको आयोजनामा खोला मापदण्ड र हाम्रो सरोकार विषयमा नेवाः समुदाय भित्रका जातीय समाज तथा सरोकारवालाहरूबीच छलफल कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौंको खुशिबुँस्थित नेपा: ब्यङ्क्वैटमा जेठ ३१ गते शनिबार सम्पन्न भएको छलफल कार्यक्रमबाट यही अषाढ १२ गते खोला मापदण्डको सर्वोच्च अदालतमा पेशीको दिन पारेर बृहत प्रर्दशनी गर्ने बिषयमा गहन छलफल भएको थियो ।

सो छलफल कार्यक्रममा नेपाल राष्ट्रिय खड्गी सेवा समितिका केन्द्रिय अध्यक्ष नन्द किशोर शाही, ज्यापु महागुथिका केन्द्रिय उपाध्यक्ष मचाराजा महर्जन, नेपाल द्यः पाला संघबाट केन्द्रिय अध्यक्ष प्रकाश द्यःला, काठमाडौं महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष बालकृष्ण महर्जन, रञ्जितकार समाज नेपालका अध्यक्ष दिपक रञ्जित, टण्डुरकार समाजको साथै गुसिंगाल मापदण्ड पीडित संघर्ष समितिबाट सुर्य तण्डुकार, बाग्मती करिडोर पिडित संघर्ष समितिबाट रुपा डांगी, नेवाः राजनीतिक अभियानबाट शाक्य सुरेन, धोबिखोला करिडोर पिडित संघर्ष समितिका अध्यक्ष ऋषि बस्याल, सचिव हमिद खानले गैरन्यायिक खोला मापदण्ड खारेज निम्ति कारण सहित आ-आफ्नो धारणा राखे ।

वक्ताहरुले बोल्ने क्रममा आवश्यक परे गैरन्यायिक खोला मापदण्ड खारेज निम्ति नेवा: समुदाय भित्रका सबै जातिय समाज छलफल गरि संयुक्त रुपमा संघर्षमा उत्रिने घोषणा गर्दै आफ्नो अधिकार कायम राख्नको लागि संघर्ष गर्नको बिकल्प नरहेको जनाउँदै न्याय प्राप्तिको लागि पीडितहरु मात्र नभै एकपटक फेरि गुथि बिधेयक विरुद्धको आन्दोलनमा जस्तै सबै न्यायप्रेमी जनता एकजुटभई बाटोमा निस्कनको लागि आव्हान समेत गरे ।

अधिवक्ता राजु शाक्यले खोला मापदण्डबारे कानुनी ब्याख्या गरेपश्चात खोला मापदण्डले जनताको उठिबास हुने भएकोले आफुसहित परिवार प्रत्यक्ष आन्दोलनमा आउने बाचा गर्दै गैरन्यायिक खोला मापदण्ड खारेज गर्नको लागि संघर्षमा उत्रन आव्हान समेत गरे ।

कपाली समाजका निवर्तमान अध्यक्ष सिताराम कपाली, केन्द्रिय मानन्धर संघ सचिव गजेन्द्र मानन्धर ,कमलपोखरी बचाऔं अभियानका अध्यक्ष भागवत नरसिंह प्रधान, असन कोथुननि बचाउँ अभियानका संजिव बज्राचार्य , मैलबारि खोला मापदण्ड पीडित संघर्ष समितिबाट कृष्ण बहादुर बज्राचार्य, सानो पाइलाबाट इन्दु ज्यापूनि, त्यस्तै गरी भूमि अधिकार संरक्षण समिति टोखा नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, थिमी  नगरपालिकाका साथै काठमाडौं महानगरपालिका भित्र बनेका भूमि अधिकार संरक्षण समिति वडा नं। १२, १३, १४, १५, १८, १९ का प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

यहि आउँदो असार १२ गते बहृत प्रदर्शनी घोषणा सहित आवश्यक तयारीको लागि प्लेकार्ड प्रदर्शन, सिठ्ठि जुलुश, जागरण सभा लगायत विभिन्न कार्यक्रम गर्ने घोषणा गरेको थियो । सो कार्यक्रम शर्मिला सुवालले उद्घोषण गरेकि थिइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here