मुलुकको व्यवस्था परिवर्तन भएसम्म भ्रष्टाचार अन्त्य नहुने

26
k|ltlglw;ef a}7sdf ;f+;b lnªb]g sf7df8f}F, * h]7 M k|ltlglw;efsf] ;f]daf/ a;]sf] a}7sdf dGtJo /fVg'x'Fb} /fli6«o k|hftGq kf6L{sf cWoIf tyf ;f+;b /fh]Gb| lnªb]g . tl:a/M ls/0f/fh lji6÷/f;;

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकको व्यवस्था परिवर्तन भएसम्म भ्रष्टाचार अन्त्य नहुने जनाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित विद्यार्थीसँग जनप्रतिनिधि : विचार विमर्श कार्यक्रममा लिङ्देनले अहिलेको व्यवस्थाका कारण मुलुकमा भ्रष्टाचार व्याप्त भएको भन्दै व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार अन्त्य नहुने बताएका हुन् ।

अख्तियार लगाएत राज्यका महत्वपूर्ण निकायमा प्रमुख राजनीतिक दलको भागवण्डाबाट पदाधिकारी नियुक्ति हुने गरेकाले उनीहरुबाट भ्रष्टाचारीलाई कारबाही हुने सम्भावना कम रहेको उनले जनाए ।

लिङ्देनले अहिलको संविधान र व्यवस्था ल्याउने नेताहरुमा समेत समस्या रहेको धारणा राखे । अहिले मुलुकमा कहाँ भ्रष्टाचार छ भन्ने नभइ कहाँ भ्रष्टाचार छैन भन्ने अवस्था आएको उनको भनाइ छ ।

त्यस्तै लिङ्देनले मुलुक संघीय संरचनामा गइसकेपछि जनप्रतिनिधिको संख्या धेरै भएको र उनीहरुलाई सुविधा दिन विदेशीसँग ऋण लिनुपर्ने अवस्था देखिएको जिकिर गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here