नेप्सेमा झिनो अंककाे गिरावट

22

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले गिरावट भएको छ। मंगलबार जस्तै आज पनि अन्तिम अवस्थामा पुगेर सेयर बजारमा गिरावट आएको हो।

मंगलबार अन्तिम अवस्थामा ०.२२ अंकले गिरावट आएको सेयर बजार आज ०.३३ अंकले घटेको हो। योसँगै आज पनि नेप्से परिसूचक २६०० विन्दुमा कायम भएको हो।

सेयर बजार झिनो अंकले गिरावट भए पनि करोबार रकम झण्डै ६ अर्ब नजिक पुगेको छ। यसअघि मंगलबार ५ अर्ब ७५ करोडको सेयर कारोबार भएको थियो।

बुधबार नेप्से सूचक घटे पनि १ सय १२ कम्पनीको सेयर मूल्य बढेको छ। त्यसमा पनि मोदी हाइड्रोपावर कम्पनी र तेह्रथुम हाइड्रोपावर कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ।

बुधबार नेप्से घटे पनि कारोबार रकममा भने समान्य सुधार आएको छ। नेप्सेमा ३ सय ११ कम्पनीको ६१ हजार ८ सय कारोबारबाट १ करोड ३७ लाख ५९ हजार कित्ता सेयर ५ अर्ब ९४ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ।

यो कारोबार रकम मंगलबारको तुलनामा समान्य बढी हो। मंगलबार नेप्सेमा ५ अर्ब ७६ करोड बराबरको सेयर कारोबार भएको थियो। बुधबार नेप्सेमा सबैभन्दा धेरै रकम बराबरको सेयर कारोबार हुने कम्पनीमा बुटबल पावर कम्पनी छ। बुधबार उक्त कम्पनीको ५३ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ।

बुधबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ १.२९, वित्त ११.४१, लगानी ०.४३, उत्पादन १४.४३, माइक्रोफाइनान्स ९.९३, अन्य समूह ४.८१ र व्यापार ४५.११ अंकले घटेका छन्।

त्यसैगरी विकास बैंक १.३३, होटल ९६.१९, जलविद्युत् २३.७१, जीवन बीमा ८.०१, सामूहिक लगानी कोष ०.०१ र निर्जीवन बीमा समूह १२.४५ अंकले बढेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here