२१ औं शताब्दीका सय उत्कृष्ट चलचित्र’को सूची सार्वजनिक

29

काठमाडौं । अमेरिकी अखबार न्यूयोर्क टाइम्सले ‘२१ औं शताब्दीका सय उत्कृष्ट चलचित्र’को सूची सार्वजनिक गरेको छ । सूचीको शीर्षस्थानमा सन् २०१९ मा रिलिज भएको दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ छ ।

बोङ-जुन हो निर्देशित चलचित्रले ९२ औं अस्कर अवार्डमा उत्कृष्ट फिल्म, निर्देशन, मौलिक पटकथा र उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर चलचित्रको विधा जितेको थियो । पहिलोपटक गैरअंग्रेजी भाषाको चलचित्रले अस्करको प्रमुख विधा जितेर यो चलचित्रले कीर्तिमान रचेको थियो ।

यो चलचित्रले धनी र गरिबको कथा, नवउदारवादले ल्याएको विनाशप्रति एक कठोर सामाजिक ब्यंग्य पेश गर्छ । जब यो फिल्म अमेरिकामा प्रदर्शनमा आयो, बोङ आर्ट-हाउस हलका दर्शकबीच लोकप्रिय बने ।
चलचित्रको प्रदर्शन टुंगिदासम्म उनले उत्कृष्ट चलचित्रसहित अस्कार जितिसकेका थिए र संसारले नयाँ सुपरस्टार पाएको थियो ।

न्यूयोर्क टाइम्सले जनवरी १, २००० पछि रिलिज भएका उत्कृष्ट चलचित्रलाई लिएर हलिउड र विश्वभरका ५०० भन्दा बढी प्रभावशाली निर्देशक, अभिनेताले मतदान गरेको र सो आधारमा उत्कृष्ट छनोट गरिएको जनाएको छ ।

यस्तो छ सूची :

१) प्यारासाइट
२) मलहोलण्ड ड्राइभ
३) देअर विल बी ब्लड
४) इन द मुड फर लभ
५) मुनलाइट
६) नो कन्ट्री फर ओल्ड मेन
७) इटर्नल सनसाइन अफ द स्पटलेस माइन्ड
८) गेट आउट
९) स्प्रिटेड अवे
१०) द सोसल नेटवर्क

११) म्याड म्याक्स फ्युरी रोड्
१२) द जोन अफ इन्ट्रेस्ट
१३) चिल्ड्रेन अफ मेन
१४) इनग्लोरियस बास्टर्ड्स
१५) सिटी अफ गड
१६) क्राउचिङ टाइगर, हिडन ड्रागन
१७) ब्रोकब्याक माउण्टेन
१८) वाई टु मामा ट्याम्बियन
१९) जोडियाक
२०) द उल्फ अफ वालस्ट्रिट

२१) रोयल टेनेन बाउम्स
२२) द ग्राण्ड बुडापेस्ट होटल
२३) बाइहुड
२४) हर
२५) फ्यान्टम थ्रेड
२६) एनाटोमी अफ अ फल
२७) एडप्टेसन
२८) द डार्क नाइट
२९) अराइभल
३०) लस्ट इन ट्रान्सलेसन

३१) द डिपार्टेड
३२) ब्राइड्समेड्स
३३) अ सेप्रेसन
३४) वाल–ई
३५) अ प्रोफेट
३६) अ सिरियस म्यान
३७) कल मी बाई योर नेम
३८) पोट्रेट अफ अ लेडी अन फायर
३९) लेडी बर्ड
४०) यीयी

४१) एमेली
४२) द मास्टर
४३) ओल्डब्याय
४४) वन्स अपन अ टाइम इन हलिउड
४५) मनीबल
४६) रोमा
४७) अल्मस्ट फेमस
४८) द लाइभ्स अफ अदर्स
४९) बिफोर सनसेट
५०) अप

५१) टुभेल्भ इयर्स अ स्लेभ
५२) द फेभरेट
५३) बोरत
५४) प्यान्स लेबिरनिथ
५५) इनसेप्सन
५६) पन्च ड्रंक लभ
५७) बेस्ट इन शो
५८) अनकट जेम्स
५९) टोनी एडमर्न
६०) विह्प्लास

६१) किल बिल भोल्युम वान
६२) मेमेन्टो
६३) लिटिल मिस सनसाइन
६४) गोन गर्ल
६५) ओपेनहाइमर
६६) स्पटलाइट
६७) टार
६८) द हर्ट लकर
६९) अन्डर द स्किन
७०) लेट द राइट वान इन

७१) ओसन्स इलेभेन
७२) क्यारोल
७३) राटाटुल्ली
७४) द फ्लोरिडा प्रोजेक्ट
७५) अमोर
७६) ओ ब्रदर हेयर आर्ट थउ ?
७७) एभ्रिथिङ एभ्रिवेहयर अल एट वन्स
७८) आफ्टरसन
७९) द ट्रि अफ लाइफ
८०) भोल्भर

८१) ब्ल्याक स्वान
८२) द एक्ट अफ किलिङ
८३) इनसाइड लेविन डेभिस
८४) मेलान्कोलिया
८५) एंकरम्यान
८६) पास्ट लाइभ्स
८७) द लर्ड अफ द रिङ्स ः द फेलोशिप अफ द रिङ
८८) द ग्लीनर्स एण्ड आई
८९) इन्टरस्टेलर
९०) फ्रान्सिस हा

९१) फिस ट्यांक
९२) ग्लाडिएटर
९३) माइकल क्लेटन
९४) माइनरिटी रिपोर्ट
९५) द वस्र्ट पर्सन इन द वल्र्ड
९६) ब्ल्याक प्यान्थर
९७) ग्राभिटी
९८) ग्रिजली म्यान
९९) मेमोरिज अफ मर्डर
१००) सुपरबाड

न्यूयोर्क टाइम्सको यो सूचीलाई केलाउँदा विश्व चलचित्रको विकासमा यस शताब्दीमा ७ ट्रेन्ड देखिन्छ । विधाहरूको विविधता र मिश्रण, सिनेमाको विश्वब्यापीकरण, सामाजिक र राजनीतिक टिप्पणी, निर्देशक स्वयम लेखक र उसको भिजन (क्रिस्टोफर नोलनजस्तै), प्रविधि र दृश्यको अन्वेषण, स्ट्रिमिङको उदय र चलचित्रमा पहुँच, चरित्र केन्द्रित कथाका ट्रेन्ड देखिन्छ ।

विश्व चलचित्रको प्रवृत्तिको यो बाछिटा नेपालजस्ता साना बजारमा पनि देख्न थालिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here