काठमाडौं । यल नेपालभाषा सहजकर्ता ललितपुरको आयोजनामा अष्टमाया स्मृति प्रतिस्थानको सहयोगार्थ नेपालभाषा पाठवाचन र अष्टमाया बाबुकाजी सिरपा ११४५ कार्यक्रम अशोक पार्टी प्यालेसल, बालिफल सम्पन्न भएको छ ।
नेपालभाषाको इतिहासमै प्रथम पटक आयोजना गरिएको पाठ वाचन कार्यक्रममा पहिलाे चरण र दाेश्राे चरण गरि विद्यार्थीहरुले आ-आफ्नो रचनालाई क्रमबद्ध रुपमा प्रस्तुत गरिएको थियो । सहभागी सम्पूर्ण विद्यार्थीहरुले उत्कृष्ट पाठ वाचन गरेर सम्पूर्ण दर्शकहरुको मन जित्न सफल भएको थियो ।
साे पाठ वाचन कार्यक्रममा प्रथम नीकिता बाेलाखे शिक्षिका विना मिननाथ आदर्श शिक्षा सदन मावि, दाेश्राे पिंकी कुमारी राम शिक्षिका रविना महर्जन टीका विधाश्रम मावि, तेश्राे गाेबिन्द भट्ट शिक्षिका ममता अवाले, श्री टीका विधाश्रम तथा सकृय लामा सन्जु बज्राचार्य श्री सचेतना आ वि, खुशी कुमारी चाैधरी, शिक्षिका गंगन बज्राचार्य श्री श्रमिक शान्ति मावि राेजिना सुनार शिक्षिका निर्मला राजपुत श्री जल्पा मावि, इशिता विक शिक्षिका ऋतु महर्जन, पद्म प्रकाश मावि, राेजी लामा शिक्षक पवित्र कुमार महर्जन, श्री जनउदय मावि, पार्वति तामांग सृजना महर्जन श्री बालकुमारी मावि, कविता मगर शिक्षिका उपा सिं महर्जन श्री कृषि उदय मावि पुरस्का तथा प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।
शनिबार सम्पन्न कार्यक्रमका प्रमुख अतिथि ललिलतपुर महानगरपालिका प्रवक्ता सामजिक कल्याणका संयोजक एवम् नगरप्रवक्ता राजु महर्जनले पानसमा दिप प्रज्वलन गरि सुरु भएको कार्यक्रमको संचालन नेपालभाषा शिक्षक गंगा बज्राचार्यंले गरिएको थियो ।
नेपालभाषा विद्यार्थीहरुको व्यक्तित्व विकास तथा नेपालभाषा संरक्षण सम्बर्द्धन प्रवर्द्धन गर्ने उद्वेश्यले आयाेजना गरिएको कार्यक्रममा निर्णायकको भुमिका भाषाविद् विष्णु चित्रकार तथा निर्णायक नेपाल प्रज्ञा प्रतिष्ठान अध्यक्ष अगिब बनेपालिले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।
कार्यक्रमका अतिथि प्राे. तुल्सीलाल सिंहले ललितपुर महानगरपालिकाका नेपालभाषा अध्यापन गराउने शिक्षकहरु एक सय एक भएको जनाए । उनले विद्यार्थीहरुको बौद्धिक विकासका लागि अतिरिक्त जुन कार्य गरि रहनु भएको छ एक दम सह्राहनिय भएको छ । नेपालभाषा शिक्षकहरुको शिक्षण विधि कार्य कहाँ सम्म पुग्यो रु भनेर जाँच गर्नका लागि समेत कार्यक्रम महत्वपूर्ण गरेकाे जानकारी दिए।
कार्यक्रमका अतिथि अष्टमाया फाउण्डेशनका सदस्य बाबुराजा महर्जनले नेपालभाषा विषय ललितपुर नगरपालिका अनिवार्य मात्रै नभई अन्य अन्य जिल्लाहरुमा समेत नेपालभाषा समावेश गराउन सफल हुनेमा आफू आशावादी रहेको जनाए ।
उनले हाम्रो मातृभाषा सधैं जिवित बनाई राख्नु पर्ने सबैले थाहा भएता पनि आजकल हाम्रो भाषा हाम्रा बालबालिकाहरूले छोड्दै गरेको अवस्थामा सम्पूर्ण भाषाप्रेमी, शिक्षकहरुले यदि निरन्तर रुपमा लागेको खण्डमा सधैं जिवित रहने जनाए । उनले थप्दै भने यस्तो पुण्यकार्यमा मेरो श्रद्धय पिता बाबुकाजी र अष्टमायाको तर्फबाट पुरस्कार दिने अवसर दिएकोमा सम्पूर्ण आयोजकलाई हृदयदेखि धन्यवाद दिए । मातृभाषा संरक्षण कार्यमा आफ्नाे सदा सर्वदा साथ रहने प्रतिबद्धता जाहेरी गरे ।
नेवाः देय् दबूबाट अतिथिका रूपमा पाल्नु भएका सरल गोपाल महर्जन खोकनामा पन्चायतकालमा नेपालभाषामा कार्यक्रम गर्दा समेत बन्देज लगाइनुका साथै प्रहरी घेरेर दबाब दिएकाे विगतकाे घटना सुनाए । जब बहुदल आयो नेपालभाषा अध्यापन गराउनेमा केही व्यवस्था नभएको भन्दै अहिले राज्यबाट नीतिगतमा तयारी भएको बेलामा आफ्नाे नेतृत्वमा चार वटा स्कुलमा नेपाल लिपि प्रशिक्षण कार्यक्रम गरेको जानकारी गराए ।
उनले अहिले नेपालभाषा पठनपाठन गर्ने अवसर सृजना भएको अवसरलाई नचुकाइकन सरकारी विद्यालयमा मात्रै सीमित नगराखी प्राइभेट विद्यालयमा नेपालभाषा अध्यापनमा गराउन सफल भएको खण्डमा मात्रै हाम्रो कला, संस्कृति तथा भाषा संरक्षण हुने जनाए ।
कार्यक्रमका अतिथि एवम् निर्णायक भाषाविद् बिष्णु चित्रकारले नेपालभाषा र तामांग भाषालाई अहिले काम काजी भाषाका रुपमा कार्यान्वयन भइसकेको छ । थिमी नगरपालिका, चन्द्रागिरि नगरपालिका लगायत अन्य नगरपालिकामा नेपालभाषा समावेशी गराउनमा सबैको संयुक्त प्रयास अत्यन्त आवश्यक्ता रहेकाे अाैल्याए ।
उनले अहिले पन्चायतकालका अन्त्य भई गणतन्त्रमा आइसकेको अवस्थामा समेत सरकारले मातृभाषा विद्यालयमा अध्यापन राम्रो गराउने व्यवस्था नगरिएको खेदजनक भएको जनाए । उनले नेपालभाषालाई अपसनल विषयमा समावेश गर्न नहुने तथा भाषा विषय समावेश गराउनु पर्नेमा जोड दिए । यसका साथै स्थानीय विषय भएको आधारमा अनिवार्य गराउनु पर्ने सबैले एक पटक पुनः संघर्ष गन आवश्यक रहेको जनाए ।
कार्यक्रममा नेपालभाषा केन्द्रिय विभागका नेपालभाषा उप्रा. एवम् सफू पिथना कवः दुजः जिवन कुमार महर्जन, क्लासिक जेम प्रोपाईटर कृष्णलाल महर्जन, डाइमण्ड सरिता महर्जन, काठमाडौं नेपालभाषा स्यनामि पुचः प्रतिनिधि विद्या चित्रकार, लगायत अतिथीहरूले सहभागिता जनाएकाे थियाे ।
अष्टमाया बाबुकाजी फाउण्डेशनले शिक्षा, भाषा क्षेत्र लगायत विविध क्षेत्रमा कार्य गर्दै अाइ रहेकाे अवगत गराए । साथै नेवार समुदायकाे हक, हितका लागि सबैले पाइला राख्नु पर्नेमा जाेड दिदै प्रतियाेगितामा पुरस्कार जित्न सफल हुनु भएका सम्पूर्ण विध्यार्थीहरूलाइ अग्रिम शुभकामना व्यक्त गरे ।
सभापति पवित्रकुमार महर्जनले प्राे. तुल्सी लाल सिंहकाे परिकल्पना अनुरूप पाठ वाचन कार्यक्रम अायाेजना गरिएकाे जनाउँदै कार्य्रकम समापन गरिएकाे थियाे ।
















