दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश : प्रम केपी

28

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल वातावरण भएको देशमध्ये एक भएको जनाएका छन्।

स्पेनका लागि नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य सङ्घले आयोजना गरेको नेपाल–स्पेनका व्यावसायी र लगानीकर्तासँगको छलफलका क्रममा उनले स्पेनी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आह्वान समेत गरेका छन्।

प्रधानमन्त्री ओलीले राजनीतिक स्थायित्व, खुला बजार नीतिहरू, प्रतिस्पर्धी श्रमशक्ति र लगानी सुरक्षाका विधेयकहरूले नेपाललाई अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि आकर्षक गन्तव्य बनाएको उल्लेख गरे।

नेपालले समावेशी आर्थिक रूपान्तरणलाई प्राथमिकता दिएको र निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख इञ्जिनका रूपमा स्वीकार गरेको प्रधानमन्त्री ओलीको भनाई थियो।

उनले कानुनी, संस्थागत र प्रक्रियागत सुधारहरूलाई थप प्रभावकारी बनाउँदै लगानी मैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

कार्यक्रममा स्पेनका लागि नेपालका राजदूत सनिल नेपालले प्रधानमन्त्री सहितको नेपाली प्रतिनिधि मण्डललाई स्वागत गर्दै यो भ्रमणले नेपाल र स्पेनबीचका धेरै ढोका खोलेको उल्लेख गरे।  प्रधानमन्त्री ओली यहि शुक्रबार स्वदेश फर्कने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here