काठमाडौैं । गभर्नर विश्वनाथ पौडेलले यतिबेला लगानीयोग्य रकम पर्याप्त रहेको जनाउँदै लगानीको अवसर आएको जनाएका छन् ।
आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘प्रि मोनिटरी पोलिसी डिस्कसन’लाई सम्बोधन गर्दै उनले यतिबेला बैंकमा निक्षेप पनि उच्च रहेको, विदेशी मुद्रा सञ्चिति पनि पर्याप्त रहेकाले दिगो र सन्तुलित विकास हुनेगरी लगानी अवसर आएको उल्लेख गरे ।
मौद्रिक नीति र वित्त नीतिबीच समन्य गरेर अघि बढ्नुपर्ने बेला रहेकाे उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाको नियमनमा माइक्रो इकोनोमिक दृष्टिकोणले सोच्नुपर्ने अवस्था रहेको उनले जनाए ।
‘जुन क्षेत्रमा लोन जाओस भन्ने चाहेका हौं, त्यहा पुगेन भन्ने गुनासो छ, त्यसलाइ सम्बोधन गर्ने प्रयास आगामी मौद्रिक नीतिमा हुनेछ’ उनले भने । सबैलाई समेट्ने, सबै क्षेत्रलाई माथि लैजाने मौद्रिक नीतिको प्राथमिकता रहने उनले जनाए । दिगो विकासलाई राष्ट्र बैंकले सधैं प्राथमिकता दिने पौडेलको धारणा छ ।


















