काठमाडौं । गृहमन्त्री रमेश लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसबिच सोमबार भेटवार्ता भएको छ ।
गृहमन्त्री लेखकसित स्वीटजरल्याण्डका विदेशमन्त्री क्यासिससहितको प्रतिनिधि मण्डलले सोमबार भेटवार्ता गरेको गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी गराए ।
भेटमा गृहमन्त्री लेखकले दुई देशबिचको मित्रवत् सम्बन्ध,नेपालको विकास निमार्ण र शान्ति प्रक्रियामा स्वीटजरल्याण्डको सहयोगको प्रशंसा गरेको उनले जनाए । ‘भेटमा दुई देशको विकास,आर्थिक मुद्धाहरूमा साझेदारी गर्ने लगायतका विषयमा कुराकानी भएको छ,’ प्रवक्ता तिवारीले भने,’जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापनमा सझेदारी गर्ने लगायतका भएको छ ।’ भेटका क्रममा अन्य दुई पक्षीय चासोका विषयमा समेत छलफल भएको उनको धारणा थियो ।
यसअघि विदेशमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए।प्रधानमन्त्री निवास,बालुवाटारमा भएको भेटमा दुई देशबीचको मित्रवात सम्बन्धलाई अझ मजबुद बनाउँदै विकासका क्षेत्रमा सहकार्य जारी राख्ने विषयमा छलफल भएको थियो ।
















