रास्वपाद्वारा बैठक बहिस्कार

46

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ।

सुरु भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैठक बहिस्कार गरेको छ।

भिजिट भिसामा सरकारले आफूहरूको माग बमोजिम छानबिन गर्न संसदीय विशेष समिति वा उच्चस्तरीय न्यायिक आयोग नबनाएको भन्दै रास्वपाले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको हो।

बैठकमा बोल्दै रास्वपा सांसद सोबिता गौतमले आफूहरूले उठाएको संवेदनशील विषयमा सरकार अनदेखा गरेको भन्दै बैठक बहिस्कार गर्ने निर्णय गरेको बताइन्। उनले बोलिसकेपछि रास्वपा सांसदहरू संसद् बैठक कक्षबाट बाहिरिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here