काठमाडौं । स्पेन भ्रमणका गएकाहरू नफर्किएको समाचार आएको विषयमा रास्वपा सांसद सोबिता गौतमले प्रतिनिधिसभा बैठकमा उठाएको विषयलाई प्रधानमन्त्रीको सचिवालयले प्रतिवाद गरेको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद सोबिता गौतमले गत १४–२० असारमा भएको प्रधानमन्त्रीको भ्रमणमा गएकाहरू नफर्किएको भन्दै समाचार आएको विषय गम्भीर रहेको बताएकी थिइन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले उक्त भ्रमणमा गएकाहरूको सूची अनलाइनखबरलाई उपलब्ध गराउँदै नफर्किएकाहरू को को हुन् ? भनेर प्रश्न गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री ओलीसहितको टोली गएको थियो ।
उक्त टोली २० असारमा नेपाल फर्किएको छ ।
यस्तो छ प्रधानमन्त्रीको सचिवालयले उपलब्ध गराएको सूची:



















