भरतसिंह पेलाले सडक बनाइदिएपछि कष्टकर जीवन हट्याे !

47

बैतडी । गतिलाे सडकको अभावका कारण बैतडीकाे कुरालाका स्थानीयबासिन्दाहरू कष्टकर जीवन जिउन बाध्य भइरहेकाे कष्टकर जीवन अहिले हटेकाे छ ।

सिंगाे मानव समाजसेवा जीवन समर्पण गरेका भरतसिंह पेलाको आर्थिक सहयाेग पश्चात बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर-६ कुरालामा ऐतिहासिक सडक निर्माणले पूर्णता पाएकाे हाे ।  पेलाकाे यस पुण्य कार्यबाट स्थानीय बासिन्दाकाे जीवन सहज भएकाले साे क्षेत्रका लागि एकदम महत्वपूर्ण कार्य भएकाे छ । कुराला बस्तीदेखि पवित्र बामनी आमा मन्दिरसम्म पहिलाे पटक सडक निर्माण भएकाे छ ।

पेलाको प्रगतीवादी, विकासवादी तथा दूरगामी सोचकै सडक निर्माण कार्यले पूर्णता पाएपछि उनी सबैका लागि प्रेरणाकाे स्राेत तथा  उदाहरणीय बन्न सफल भएकाे छ । सडक निर्माण जस्ताे पुण्य कार्यमा पुस्कर पेला, ईश्वरी पेला, प्रेम पेला, भावना भण्डारी र अर्जुन अधिकारी लगायतको विशेष भूमिका रहेको छ । उनीहरुले फिल्डमा खट्नेदेखि व्यवस्थापकीय भूमिका निर्वाह गरेका थिए ।

सडक निर्माणले पूर्णता पाए पश्चात  दशकौंदेखिको समस्याको समाधान भएकाे छ । सडक अभावकै कारण कुरालाका स्थानीयवासीहरूले दैनिक जीवन कष्टकर भाेग्न बाध्य भएकाे थियाे ।  दैनिक जसाे आवतजावतदेखि लिएर स्वास्थ्य सेवा, शिक्षा र बजारसम्मको पहुँचमा उनीहरूले गम्भीर चुनौतीहरूको सामना गर्नुपरेको थियो ।

भरतसिंह पेलाको नेतृत्वदायी फलस्वरूप सडक निर्माण परियोजना सम्पन्न भएको छ । सडक निर्माण कार्यमा स्थानीयहरूको व्यापक सहयोग र सहभागिता जनाएकाे थियाे ।

सडक निर्माणले पूर्णता पाए पश्चात कुरालाका स्थानीयवासीहरू हर्षित बनेका छन् । उनीहरूले समाजसेवी भरतसिंह पेलाप्रति गहिरो कृतज्ञता व्यक्त गरेका छन्  ।  यस महान् कार्यकाे  प्रशंसा गरेका छन् । स्थानीय निवासी भावना भण्डारीले  ‘भरतसिंह पेलाको यस महान् शुभर्कम हामी कहिल्यै बिर्सन नसक्ने जानकारी गराए ।

सडक निर्माणका कारण गाउँमा नयाँ उत्साह, उमंगका साथै  नयाँ आशाका किरण छाउनका साथै साे स्थानमा अर्थतन्त्र र सामाजिक विकासका साथै नयाँ अवसरहरूका साथै ढोका समेत खाेलेकाे छ ।

अहिले  कुरालामा विकासले फड्काे मार्ने अब्लल बन्दै गइरहेकाे छ । त्यहाँका स्थानीय बासिन्दाहरूले  अब सहजै रूपमा शिक्षा, स्वास्थ्य सेवा र रोजगारीका अवसरहरूमा पहुँच बनाउन सक्ने भएकाे छ ।  यस सडकले बामनी आमा मन्दिरमा जाने तीर्थयात्रीहरूका लागि पनि ठूलो सुविधा समेत प्रदान गरेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here