स्पेनबाट नफर्किएको साँचो हाे : सांसद गौतम

26

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली गएको स्पेनको कार्यक्रममा केही मानिस गएर नफर्किएको विषय साँचो रहेको जनाएकी छन्।

बुधबार संसद् बैठकमा बोल्दै उनले नेपालबाट कार्यक्रम सहभागी हुन सयौँ मानिस गएको र केही नफर्किएको जनाइन्। यही विषयमा मंगलबार संसद्‌मा बोल्दा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले को व्यक्ति फर्किएन भन्दै प्रधानमन्त्रीसँग गएका व्यक्तिको नाम सार्वजनिक गरेको थियो।

सांसद गौतमले प्रधानमन्त्रीसँग गएको व्यक्ति नफर्किएको आफूले नभनेको र बुझ्न नजानेर आफूलाई आलोचना गरेको भन्दै उनले आपत्ति पनि जनाइन्। ‘प्रधानमन्त्री गएको स्पेनको कार्यक्रम धेरै ठुलो कार्यक्रम हो। दसौँ हजार मानिस सहभागी हुने कार्यक्रम हो। सयाैँ एनजिओका साइड इभेन्ट हुने कार्यक्रम हो। नेपालमा कार्यक्रम सहभागी हुन सयौँ मानिस गएको पनि साँचो हो। केही नफर्किएको पनि साँचो हो’, उनले भनिन्।

उनले मंगलबार आफूले संसद्‌मा बोलेको विषय संसद्‌को रेकर्डबाट हटाउन माग उठेको विषयको पनि प्रतिवाद गरिन्। एमालेका प्रमुख सचेक महेश बर्तौलाले सांसद गौतमको आरोपको खण्डन गर्दै संसद्‌को रेकर्डबाट हटाउन माग गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here