काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार नेप्से परिसूचक २५.८९ अंकले बढेर २७३१.८० को विन्दुमा कायम भएको छ ।
नेप्सेमा बिहिवार ३१२ कम्पनीको २ करोड ६४ लाख ७० हजार ८४० कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६८ करोड माथिको सेयर कारोबार भएको छ ।
आज माई खोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ८.१५ प्रतिशतका दरले कमाएका छन् । यस्तै, मान्डु हाइड्रोपावरका लगानीकर्ताले ६.६७ प्रतिशतका दरले कमाएका छन् ।


















