नेपालभाषा बाँचे मात्रै हाम्रो अस्तित्व रहने : उपमेयर समिता श्रेष्ठ

83

काठमाडौं । साहित्यकार जीवनराम श्रेष्ठकाे राजमति नाटक र चिपनिप कथा विमोचन शनिबार विमोचन गरिएको छ ।

भक्तिव्याम्बाे कटेज एण्ड पार्टी प्यालेस महादेव स्थान, साँखुमा भएकाे कार्यक्रमकाे  संचालन  लसता सिंहले गरिएको थियाे । प्रमुख अतिथी पुर्वमन्त्री भिमसेनदास प्रधान, विशेष अतिथी कागेश्वरी मनहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, शंखरापुर नगरपालिकाका मेयर रमेश नापित, उपमेयर समिता श्रेष्ठ, अतिथी शंखरापुर नगरपालिकाका पुर्व मेयर सुवर्ण श्रेष्ठ, माननीय भाषा आयोगका सदस्य सुरेश किरण मानन्धर, संस्कृतिविद् चुन्दा बज्राचार्य, साँखुका इतिहासविद् प्रकाशमान ‘सक्वः’, भाषा साहित्य न्ह्यलुवा विश्वेश्वरदास श्रेष्ठ, नेपालभाषा एकेडेमीका सदस्य राजेन्द्र कुमार ‘पुता’ कवीरमान शर्मा फुयाल, गोविन्द बहादुर श्रेष्ठ, लोकेश ढकाल, मञ्जु खड्का, एल्मी श्रेष्ठ, मिजेन्द्रकाजी श्रेष्ठ लगायत संयुक्त रुपमा पुस्तकको विमोचन गरिएको थियो ।

साहित्यकार  जीवन श्रेष्ठले आफुले इतिहासविद् प्रकाशमान सक्वको उत्प्रेरणाले कोरानाकालमा राजमति नाटक रचना गरिएको जनाउँदै प्रायः जसो राजामति साँखुको चेली भएकाले साँखुको रहनसहन अनुसार नाटकमा प्रस्तुत गरिएकाे जनाए । यस नेपाल भाषाका चर्चित उपन्यासकार मथुरा साय्मीको चिपनिप कृतिलाई कुनै असर रहित प्रस्तुत नयाँ शैली प्रस्तुत गरिएको जनाए ।

विशेष अतिथी संस्कृतिविद् चुन्दा बज्राचार्यले नेपालभाषाको चर्चित लोकगीत राजमति बारेमा चर्चा गदै यस नाटकमा साहित्यकार  जीवन श्रेष्ठले राजमतिलाई मुख्यशक्तिशाली पात्रका रुपमा चित्रण गरिएको छ । राजमति गीत, चलचित्रका साथै नाटक अध्ययन पश्चात लेखक श्रेष्ठलाई प्रतिकृया दिन समेत अनुरोध गरिन् ।

माननीय भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरले दुई सय बर्ष अगाडि देखि अहिलेसम्म चर्चित रहेको राजमति जस्तो अमर चिरिञ्जीवी गीत अन्य भाषामा नरहेकाले  नेवार समुदायका लागि हर्षको विषय भएको जनाए ।  जीवन श्रेष्ठले राजमतिको नाटक प्रकाशित गर्नु भएकोमा बधाई दिनु भयो ।

कार्यक्रमका अतिथी नेपाली कांग्रेशका नेता लोकेश ढकालले केदारमान ब्यथितले भने जस्तै राजनीतिलाई शाैचालय, साहित्यलाई भाेजनालय चर्चा गर्दै  साहित्यले आफ्ना पात्र मार्फत समाजकाे चरित्र चित्रण गरिनु पर्ने जनाए ।  साहित्य मार्फत  देश समाजकाे प्रतिबिम्बित गर्न सक्नु पर्ने धारणा राखे । साथै उनले जीवन श्रेष्ठकाे नेपालभाषामा लेखिएकाे नेपालीमा प्रकाशित गर्नु पर्नेमा जाेड दिए ।

साथै अतिथी राजभाई मानन्धरले  नारी हाम्राे धर्म, कर्म तथा संस्कृति भित्रकाे शक्तिकाे रूपमा नारी रहेकाे जनाए । उनले नारीले समाज मात्र नभई देश पनि हाक्न सक्छ भन्ने भाव राजमतिकाे जीवनीमा पाइएकाे धारणा राख्दै लेखक जीवन श्रेष्ठलाई शुभकामना दिए ।

सो कार्यक्रमका अतिथी संखरापुर नगरपालिकाका उपमेयर समिता श्रेष्ठले नेपालभाषा बाँचेमा मात्रै हाम्रो अस्तित्व रहने भएकाले अहिले हामी मिलेर हाम्रो समाज, देश परिर्वत गर्ने साहित्यिक क्षेत्रलाई नै अगाडि लानु पर्नेमा जोड दिइन । साथै साँखुका मेयर रमेश नापितले साँखुलाई कसरी विकास, समृद्धिमा चिन्तित रहने महाकवि गिरिजाप्रसाद जोशीकै पथमा लम्किरहेका लेखक जीवन श्रेष्ठकाे प्रशंसा गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here