सेयर बजारमा भारी अंककाे गिरावट

27

काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिका कारण साताको पहिलो कारोबार दिन आइतबार बढेको सेयर बजारमा भारी अंकले गिरावट आएको छ।

राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिमा सेयर धितो कर्जाको सीमा बढाएसँगै नेपला स्टक एक्सचेञ्ज (नेप्से)मा आकर्षण बढेको थियो। तर, यो उत्साह एक दिन पनि टिक्न सकेन।

आइतबार २९ अंकले बढेको सेयर बजार सोमबार ३५ अंकले गिरावट आएको छ। योसँगै सेयर बजार सूचक २७२५ विन्दुमा पुगेर बन्द भएको छ।

सोमबार कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ११ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ८ अर्ब १७ करोडको भयो। ५० कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो। हाइड्रोपावरबाहेक सबै समूहका सूचक घटेका छन्। हाइड्रोपावर ०.१५ प्रतिशत बढ्यो।

बैंकिङ सबैभन्दा धेरै २.४६ प्रतिशत घट्यो। त्यस्तै विकास बैंक १.४८, फाइनान्स १.१३, होटल तथा पर्यटन ०.२५, लगानी १.२५, जीवन बीमा १.३६, उत्पादन तथा प्रशोधन ०.७८, माइक्रोफाइनान्स १.२३, निर्जीवन बीमा १.०५, अन्य १.२५ तथा व्यापार ०.६४ प्रतिशत घटे।

माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ५.९० प्रतिशत बढ्यो। हिमालयन हाइड्रोपावरको ४.४८, जोशी हाइड्रोपावरको ४.४३ तथा सिनर्जी पावरको ४.१२ प्रतिशत मूल्य बढ्यो।

सामुदायिक लघुवित्तको ४.४६, धौलागिरि लघुवित्तको ४.३४, लक्ष्मी सनराइज बैंकको ३.८६, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३.८० तथा सिटिजन्स बैंकको ३.७४ प्रतिशत मूल्य घट्यो।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, सानिमा बैंक, एनआईसी एसिया बैंक र साहस ऊर्जा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here