पाटनका विभिन्न स्थानमा फाइबर सेवा अवरुद्ध

25

काठमाडौं । नेपाल टेलिकमले ललितपुरको पाटन क्षेत्रका विभिन्न स्थानमा  फाइबर तार जडान गर्न लागेकोले सेवा अवरुद्ध हुने जनाएको छ।

दूरसञ्चार कार्यालय, पाटनले नेटवर्कको आन्तरिक मर्मत–सम्भार कार्य गर्नुपर्ने भएकाले तीन दिनसम्म रात्रिकालीन समयमा सेवा बन्द हुने भएको हो।

सूचनाअनुसार मर्मत कार्य चल्ने दिनहरूमा बेलुकी ११ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म एफटीटीएच अन्तर्गतका टेलिफोन, इन्टरनेट र टिभी सेवाहरू प्रभावित हुनेछन्।

असार ३२ गते बुधबार मच्छिन्द्रबहाल, लगनखेल, ताल्छिखेल, पाटन औद्योगिक क्षेत्र, सातदोबाटो चक्रपथभित्र सेवा प्रभावित हुनेछ।

साउन १ गते बिहीबार च्यासल, चाकुपाट, ज्वागल, पुलचोक र  २ गते शुक्रबार जाउलाखेल, एकान्तकुना खरीबोट, भनीमण्डल, सानेपा, धोबीघाट क्षेत्रमा सेवा प्रभावित हुने सूचनामा उल्लेख।

टेलिकमले यदि निर्धारित समयभन्दा अघि वा पछि पनि सेवा सुचारु नभएमा ग्राहकहरूलाई नेपाल टेलिकमको ग्राहक सेवा केन्द्रको नम्बर १९८ मा वा दूरसञ्चार कार्यालय पाटनको फोन नम्बर ०१-५४२३३६३ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

517244177_1438197723866115_3801034998770016820_n_5Rn6H0FbAz-1752639070.jpg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here