सडक सरसफाई अभियान सुरू

98

काठमाडाैं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज कीर्तिपुरद्वारा सडक सरसफाई बुधबारदेखि अभियान सुरू  गरिएको छ।

परमेश्वरको मण्डली विश्व सुसमाचार समाज किर्तिपुरका युवा विद्यार्थी साथै मण्डलीका सदस्यहरूद्वारा कीर्तिपुर ढाल्पा राराहिल क्षेत्रको सडक सरसफाई गरिएको हाे ।

याे मण्डलीले प्रत्येक महिना यो क्षेत्रमा सरसफाई अभियान गरीरहेको छ, जुन कार्यले स्थानीय वासिन्दाहरु एकदमै खुसी भएका छन्।

परमेश्वरको मण्डली विश्व सु-समाचार समाज चाहिँ दाेस्राे आगमनका ख्रीष्ट आन साङ हाेङले सन्  १९६४ मा काेरियामा स्थापना गरेकाे मण्डली हाे।

यस मण्डलीले पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दै, विश्वमा आमाको प्रेम बाड्ने कार्य गर्दै आएकाे छ।जुन अहिले विश्वका 175 वटा देशहरूमा 37 लाख भन्दा बढी सदस्यहरू आबद्ध छन् ।

यस मण्डलीले विश्वभरी थुप्रै   स्वयम् सेवाका कार्यहरू रक्तदान, सडक,नदी तटिय क्षेत्र सरसफाई वन जंगल संरक्षण साथै बृक्षाराेपण जस्ता कार्य गर्दै जलवायु परिवर्तन राेकथाम गर्न उल्लेखनीय योगदान पुर्याउँदै आएको छ।

स्कुल तथा पार्क निर्माण कार्य, विपन्न परिवारमा राहत हस्तान्तरण, लागुऔषध सेवन राेकथाम, बिघ्यालय र घरेलु हिंसा विरुद्धको अभियान साथै जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै विश्वका मानव जातिका असल कार्यहरू लगातार गर्दै आएकाले संयुक्त राष्ट्र संघ अमेरिकी र काेरियाली राष्ट्रपतिय पुरस्कार लगायत थुप्रै राष्ट्र प्रमुख र संघ संस्थाबाट हजारौं प्रशंसा पत्र र पुरस्कार प्राप्त गरेकाे छ।

आगामी दिनहरुमा पनि परमेश्वरको मण्डली विश्व सुसमाचार समाज लगातार आमाको प्रेम बाड्ने कार्यमा लागि पर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here