हृदयघातबाट हल्क होगनकाे निधन

38

एजेन्सी । विश्वप्रसिद्ध प्रोफेसनल रेसलर हल्क होगनको हृदयघातका कारण निधन भएको छ । डब्लूडब्लूईले एक विज्ञप्ति जारी गर्दै उनको ७१ वर्षको उमेरमा निधन भएको पुष्टि गरेको हो ।

वास्तविक नाम टेरी बोलिया रहेका होगनले सन् १९७७ मा रेसलिङ्ग यात्रा सुरु गरेका थिए । सन् १९८० र ९० को दशकमा उनी प्रो रेसलिङ्गको सबैभन्दा प्रभावशाली र चर्चित पात्र बने ।

सन् १९७९ मा वल्र्ड रेसलिङ फेडेरेसन अर्थात् हालको डब्लूडब्लूईमा आबद्ध भएपछि उनी ‘हल्क होगन’को रूपमा दुनियाँभर परिचित बने । ५० वर्षको उमेरसम्म रिङमा सक्रिय रहेका होगनले टेलिभिजन र सिनेमामा समेत अभिनय गर्दै आफ्नो पहुँच विस्तार गरेका थिए ।

उनले ६ पटक डब्लूडब्लूई वर्ल्ड हेभीवेट च्याम्पियनसिप जितेका थिए । होगनले रेसलमेनियाजस्ता ठूला प्रतियोगितामा भाग लिए ।

रेसलिङबाहेक उनले चलचित्र र टिभी कार्यक्रममा पनि अभिनय गरेका थिए । होगन डब्लूडब्लूईको ‘होल अफ फेम’ मा नाम समावेश गरिएका सम्मानित रेसलर पनि हुन् ।

डब्लूडब्लूईले उनलाई ‘रेसलिङ्ग इतिहासकै महान सुपरस्टारमध्ये एक’ भन्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here