काठमाडाैं । चर्चित गायिका केञ्जुमा सुब्बा र बाबु कोइरालाको शिव ताण्डव भजन यूट्यू मार्फत सार्वजनिक भएकाे छ । गायिका सुब्बाले आफ्नो नियमति गायनको ट्रयाक भन्दा पृथक शैलीमा यो पटक कोइरालासँग आफ्नो स्वर सह्यर गरेर भजन गाएकी छन्।
शिव ताण्डव भजन भगवान् शिवलालाई स्तुति गर्ने चर्चित स्तोत्र हो। यस स्तोत्रले मनमा गरे मन्त्र, आवाज निकालेर गरे भजन र त्यसलाई बाध्यवादन मिलाएर गएमा भजन गीत हुन्छ।
अहिले सम्मको धार्मिक इतिहास अनुसार यो स्तुति स्तोत्र लंकापति रावणले रचना गरको मानिन्छ। रावण शिवका भक्त थिए। भजनमा सुब्बा र कोइराला दुबैको स्वर रहेको छ भने म्यूजिक एरेन्ज जुगल डंगोलले गरेका छन्। भिडियो निर्देशन प्रधुम्न मिश्रले गरका गरेका छन्।


















