प्रधानमन्त्री ओली तुर्कमेनिस्तान पुगे

36
प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि साेमबार तुर्कमेनिस्तान आइपुग्नुभएको छ । तस्बिर साैजन्य :

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान पुगेका छन्।

भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली तुर्कमेनिस्तान गएका हुन्।

प्रधानमन्त्रीको टोली दुबई हुँदै सोमबार तुर्कमेनिस्तान पुगेको हो।

उनलाई विमानस्थलमा तुर्कमेनिस्तान सरकारका उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ, संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका आवासीय प्रतिनिधि लोकबहादुर थापालगायतले स्वागत गरेका थिए।

सम्मेलन साउन २० देखि २३ गतेसम्म तुर्कमेनिस्तानको अवाजा सहरमा हुँदै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here