नेपालमा थप जिल्लामा कोभिड–१९ संक्रमण पुष्टि

35

काठमाडौं । नेपालमा थप जिल्लामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कोभिड–१९ संक्रमण थप जिल्लामा पुष्टि भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । मन्त्रालयले जनाए अनुसार, ०८१ पुस १७ गतेदेखि ०८२ साउन १९ गतेसम्म ४२६ जनामा संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, पुस १७ यता तीन जनाको कोभिडका कारण मृत्यु भएको छ । पछिल्लो तथ्यांकअनुसार, ४९ जिल्लामा कोभिड संक्रमण फैलिएको छ ।
सबैभन्दा बढी वाग्मती प्रदेशमा २ सय ९४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here