माओवादीले दु:ख दिएको भन्दै फर्जी कागजात बनाउनेहरु निगरानी

19

काठमाडौं । नेपाली कांग्रेस रोल्पाले माओवादीले दु:ख दिएको भन्दै फर्जी कागजात बनाउनेहरुलाई निगरानी गरेको छ ।

जिल्ला कार्यसमिति रोल्पा र अन्य तहको नक्कली लेटरप्याड, छाप र हस्ताक्षर प्रयोग गरेर द्वन्द्व प्रभावितको कागजात बनाउने कार्य भएको कांग्रेसले जनाएको छ ।

नक्कली लेटरप्याड, छाप र हस्ताक्षर प्रयोग गरी विभिन्न व्यक्तिहरूले आफू नेपाली कांग्रेसको साधारण सदस्य, क्रियाशील सदस्य भई नेपाली कांग्रेसको हरेक गतिविधिहरूमा सक्रिय भएको कारण द्वन्द्व प्रभावित भएको व्यहोराको कागजात बनाउने कार्य भएको कांग्रेसले जनाएको छ ।

‘माओवादी पार्टीका कार्यकर्ताले दु:ख दिएको, धम्की दिएकोले नेपालमा बस्न नसकि जीवनरक्षाका लागि विदेश (अमेरीका लगायतका) देशमा आउनुपरेको भनि गलत सिफारिस बनाई सम्बन्धित देशमा पेस गरेको, गर्ने प्रक्रियामा रहेको बुझिएकाले सो सम्बन्धमा नेपाली कांग्रेस रोल्पाको गम्भीर ध्यानाकर्षण भएको छ’, रोल्पाका कांग्रेस सभापति किशोर कुमार आचार्यले निकालेको विज्ञप्तिमा भनिएको छ ।

गलत, भ्रामक र कानुन विपरीतका कार्यहरूको बारेमा सम्बन्धित देश (विदेश) मा रहेका पार्टी जनसम्पर्क समितिको सहयोग लिने आचार्यले विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘नेपालस्थित राजदूतावास समेतमा पार्टीको तर्फबाट कुटनीतिक पहल गरि आवश्यक प्रकृया अगाडि बढाउने’ आचार्यले विज्ञप्तिमा लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here