काठमाडाैं । विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाले गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर गरेको छ ।
अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सदस्यहरु मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले निलम्बित मेयरले गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै एक वर्ष कैद सजाय र बिगोबमोजिम ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ जरीवाना तोकेको हो ।
अदालतले मेयर थापा र परिवारको आय र व्ययको विश्लेषण गर्दा आयभन्दा व्यय ३ करोड ४५ लाख २२ हजार ३ सय ८७ रुपैयाँ २३ पैसा देखिएको जनाएको छ । साथै थापासँग बिगोबाहेक बढे,बढाएको सम्पत्तिसमेत जफत गर्न अदालतले हिजो आदेश दिएको छ ।

















