उत्तराखण्डमा बेपत्ता नेपालीको उद्धार गर्न निर्देशन

28

काठमाडौं ।  परराष्ट्र मन्त्री आरजु देउवा राणाले भारतको उत्तराखण्डमा बाढी पहिरोमा परेर बेपत्ता नेपालीको खोजी तथा उद्धारका लागि कूटनीतिक पहल थालेको जनाएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार बिहान मन्त्री राणाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघिको बाढीमा परी केही नेपाली नागरिक पनि बेपत्ता भएको खबरले निकै दुःख लागेको समेत जनाएकी हुन्।

‘उहाँहरूको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको छ। नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारत सरकारसँग समन्वय गरी तदारुकताका साथ लाग्न निर्देशन दिएकी छु’, मन्त्री राणाको धारणा छ।

उनले बाढी पहिरोमा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै  पीडाको यस घडीमा रहेका परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी छन्।

527216530_1449955142707551_4287993821163119004_n_zypsdS2pKB-1754629475.png

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here