सुनको मूल्य तोलामा १ हजार बढेर २ लाख नजिक

19

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन मूल्यले नयाँ रेकर्ड बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिन तोलामा १ हजार बढेर २ लाख नजिक पुगेको हो।

बढेसँगै सुन १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार सुनको मूल्य १ लाख ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर २३ सय २५ रुपैया कायम भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here