आज पनि मेघ गर्जनसहित हावाहुरी वर्षा हुन सक्ने

221

काठमाडौं- आज देशका पहाडी तथा तराईका भेगहरुको मौसम आंसिकदेखि समान्य बदली भएर पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशको पूर्वी तथा मध्य भू–भागका केहि स्थानमा र पश्चिमी भूभागका थोरै स्थानमा मेघ गर्जन र हुरीबताससहित हल्का वर्षाको संभावना छ।

मध्ये तथा पूर्वी तराईका क्षेत्रहरुमा भने आज विहान मेघर्गनसहितको समान्य वर्षा भइरहेको महाशाखाकी मौसमविद गंगा नगरकोटीले जानकारी दिइन्। उच्च हिमाली भूभागहरुका केहि स्थानहरुमा हिमपातको समेत सम्भावाना रहेको छ।

आज राति पनि देशको पूर्वी तथा मध्य भूभागका केहि स्थानमा र पश्चिमी भूभागका थोरै स्थानमा मेघ गर्जन र हुरीबताससहित पानी पर्ने महाशाखाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here