रास्वपाकाे दुई विभागमा प्रमुख चयनव

25

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई विभागमा प्रमुख चयन गरेको छ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको रिक्त रहेको केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुखमा काठमाडौंका श्यामबाबु गौतमलाई नियुक्त गरेको हो।

त्यस्तै केन्द्रीय सार्वजनिक लेखा समीक्षा विभागको प्रमुखमा नवलपुरका  गोकुल सापकोटालाई चयन गरेको छ।

यस्तै श्रम तथा उपभोक्ता हित विभागको उपप्रमुखमा ललित श्रेष्ठ नियुक्त गरेको प्रवक्ता मनिष झाले जनाए।

गौतम पुनर्जागरण पाटीमार्फत् रास्वपामा जोडिएका हुन्।

उनी नेकपा (एमाले) हुँदै माओवादी केन्द्र त्यसपछि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा थिए। पछि नयाँ शक्ति पनि छाडेर अलग्गै पार्टी खोलेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here