बक्सिङ भिडन्तमा उराकावाको मृत्यु

16
JPG converted with https://ezgif.com/webp-to-jpg

टोकियो । टोकियोमा भएको बक्सिङ भिडन्तमा घाइते भएका २८ वर्षीय हिरोसिमा उराकावाको आइतबार मृत्यु भएको छ। अगस्ट २ मा भएको भिडन्तको क्रममा उनको मस्तिष्कमा चोट लागेको हो। सोही इभेन्टमा सहभागी भएका सिगेतोसी कोतारीको शुक्रबार मृत्यु भएको थियो। यी दुवै मुक्केबाजको मस्तिष्कमा रक्तसञ्चार बन्द भएर मृत्यु भएको हो।

डब्लुबिओले विज्ञप्ति जारी गर्दै उराकावोले मृत्युको खबरले स्तब्ध भएको जनाएको छ। या घटनापछि जापानी बक्सिङ कमिसनले ओरियन्टल र प्यासिफिक बक्सिङ फेडेरेसनका सबै बाउट १२ को साटो १० राउन्डको मात्र गर्ने निर्णय गरेको छ।

जेबिसीले यसको छानबिन गर्न तथा सेप्टेम्बरमा हुने भिडन्तको तयारी गर्न बैठक राख्ने भएको छ। उराकावा यो वर्ष ज्यान गुमाउने तेस्रो व्यवसायीक नाम चलेका मुक्केबाज हुन्। यस अघि फेब्रुअरीमा बलफास्टमा भएको भिडन्तमा आयरल्यान्डका जोन कोनीको ज्यान गएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here