गुमनाम गायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक

36

काठमाडाैं । गुमनाम गायिका भनेर चिनिएकी विष्णु माझीको श्वरमा नयाँ तीज गीत बजारमा आएको छ । ‘म त नराउरी’ बोलको गीत आज सपना म्युजिक इन्ड्रस्टिज नामक युटब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गायिका माझी मौलिक शब्द,संगीतका लागि प्रख्यात मानिन्छिन् । पछिल्लो समय भाइरल र कनट्रोभर्सीको लागि छाडा शब्दको प्रयोग बढिरहेको बेला उनका सबैजसो गीतमा मौलिकता झल्किने गरेको छ ।

त्यसैलाई निरन्तरता दिँदै माझीले यो वर्ष पनि नयाँ तीज गीत ल्याएकी हुन् । यो गीतको मेलोडी भने औसत नै रहेको प्रतिक्रियाहरू आइरहेका छन् ।

माझीका श्रीमानसमेत रहेका सुन्दरमणि अधिकारीले गीतमा शब्द र संगीतको संयोजन गरेका हुन् । भिडियोमा ललिता पौडेल फिर्चड छिन् ।

माझीको गत वर्ष (०८१) ‘आइन आमा यो तीजमा’ र ०८० मा ‘चरी जेलैमा’ बोलको गीत सार्वजनिक भएका थिए । दुवै गीतले राम्रो चर्चा बटुलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here