जापानीज इन्सेफेलाइटिसबाट वृद्धको मृत्यु

42

सिन्धुलीमाढी । लामखुट्टेको टोकाइबाट सर्ने जापानीज इन्सेफेलाइटिसबाट सिन्धुली जिल्लामा एक वृद्धको मृत्यु भएको छ ।

जापानीज इन्सेफेलाइटिसबाट सङ्क्रमति कमलमाई नगरपालिका–४ साङ्बाले हायुटार निवासी ७९ वर्षीया दिपबहादुर कार्कीको मङ्गलबार मृत्यु भएको जनस्वास्थ्य कार्यालय सिन्धुलीले पुष्टि गरेको छ। कार्यालयका ल्याव टेक्निसियन अधिकृत गंगाराम कार्कीका अनुसार निजको धुलिखेल अस्पतालबाट उपचार गरी एम्बेलेन्समा घरमा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

यस वर्ष जिल्ला सदरमुकामकै उक्त रोग देखा परेको र गत वर्ष पनि जिल्लामा देखा परेका जापनीज इन्सेफेलाइटिसका दुई जना बिरामीमध्ये दुधौली नगरपालिकामा ५७ वर्षको एक पुरुषको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । अर्का बिरामी दुधौली नगरपालिका–१४ ककुरठाकुरका रामबहादुर मगर अचेत अवस्थामा घरमै रहेको ल्याव टेक्निसियन अधिकृत कार्कीले सुनाउनुभयो ।

उहाँका अनुसार जापानीज इन्सेफेलाइटिस रोगबाट सङ्क्रमित सुगुर, हाँस लगायतका पशुपंक्षिलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा उक्त रोग सर्दछ । तर मानिसबाट मानिसमा सर्दैन । यो रोग नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ)सँग समन्वय गरी सरोकारवालाहरुसँग अभिमुखिकरणको तयारी कार्यालयले गरेको छ ।

उक्त रोग विरुद्ध बालबालिकालाई भ्याक्सिन लगाउने लगायत जनचेतना जगाउने लगायका पनि काम भइरहेको कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here