घट्यो सुनको मूल्य

26

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा छापावाल सुन तोलामा ६०० रुपैयाँ घटेको हो।

जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९६ हजार २०० रुपैयाँ कायम भएको छ। बिहीबार सोही सुन तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ थियो।

यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।  बिहीबार तोलामा २ हजार ३४० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here