अफगानमा सडक दुर्घटनामा ७३ जनाको मृत्यु

14

काठमाडौं । अफगानिस्तानमा भएको सडक दुर्घटनामा ७३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १७ बालबालिका पनि रहेको जनाइएको छ ।

तालिबानका एक अधिकारीले बीबीसीलाई बताएअनुसार, मृत्यु हुनेहरूमा अधिकांश इरानबाट निकालिएका अफगानी आप्रवासी छन् । तालिबानका सूचना तथा संस्कृति निर्देशक अहमदुल्ला मुत्ताकीका अनुसार काबुल जाँदै गरेको बसमा आगलागी भएको थियो ।

बसमा सवार सबैको मृत्यु भएको छ । बससँग ठोक्किएका अन्य दुई सवारी साधनमा सवार दुईजनाको पनि मृत्यु भएको छ । पछिल्ला समय इरानले आफ्नो देशमा द्वन्द्वका कारण भागेर आएका अफगानीहरूलाई देशबाट निकाल्ने प्रक्रियालाई तीव्र बनाएको छ ।

सन् १९७० को दशकदेखि लाखौँ अफगानीहरू इरान र पाकिस्तानमा भागेका थिए । बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here