विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित

35
प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बिहीबार आयोजना गरेको बैठकमा सहभागी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायत समितिका सांसदहरु । तस्बिर : किरणराज बिष्ट / रासस

काठमाडौं । विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको उक्त विधेयक समितिको बिहीबारको बैठकबाट बहुमतले पारित भएको हो।

विधेयकमा लामो समयदेखि विवाद हुँदै आएको आवासीय विद्यालयमा छात्रवृतिको विषय पनि टुंगो लगाएको छ। जसमा सरकारले साढे २ प्रतिशत छात्रवृति प्रस्ताव गरेकोमा ३ प्रतिशतमा सहमति भएको छ।

विद्यालय शिक्षा विधेयकमा राखिएका केही प्रावधानहरूमा सरोकारवालाहरूले विमति जनाएपछि पारित हुन सकेको थिएन।

यसबीचमा उपसमिति नै बनाएर सहमति जुटाउनेगरी पटकपटक प्रतिवेदन तयार गरिएको थियो। यद्यपि पारित भने हुन सकेको थिएन।

शिक्षा विधेयकका केही प्रावधानलाई लिएर निजी विद्यालय सञ्चालकहरूले आजबाट आन्दोलन समेत थालेका छन्।

पारित विधेयक आगामी प्रतिनिधि सभा बैठकमा पेश गर्ने समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए। उनका अनुसार उक्त विधेयक समितिमा करिव ९ महिना अघि २०८१ मंसिरमा आएको थियो।

त्यस्तै माओवादी केन्द्रसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने फरक मत पेश गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here