गुवाहटिमा हुने टी–२० सिरिजका लागि नेपाल ‘ए’ टिमको घोषणा

17

काठमाडौं । यहि आउँदाे मंगलबारदेखि भारतको गुवाहटिमा हुने टी–२० सिरिजका लागि नेपाल ‘ए’ टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले शनिबार अनिल साहको कप्तानीमा १६ सदस्यीय ‘ए’ टिमको घोषणा गरेको हो ।

२६ अगष्टदेखि ३ सेप्टेमबर ३ सम्म गुवाहटिमा नेपाल ‘ए’ र आसाम स्टेटबीच पाँच खेलको टी–२० सिरिज हुने भएको छ । टोलीमा अनिल साहसँगै अर्जुन घर्ती, तृतराज दास, सुभ कंसाकर, ईशान पाण्डे, देव खनाल, सन्दीप जोरा, विवेककुमार यादव, पवन सराफ, बसिर अहमद, आकाश चन्द, कमलसिंह ऐरी, आदील आलम, शेर मल्ल, युवराज खत्री र सागर ढकाल रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here