कांग्रेसको शीर्ष नेताहरूको बैठक सुरु

26

काठमाडौं ।  नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठक सुरु भएको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बसिरहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका हुन्।

बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति चयन गर्नेबारे छलफल हुनेछ। बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, गृहमन्त्री रमेश लेखक र प्रमुख सचेतक श्याम घिमिरे सहभागी छन्।

देउवाले समिति सभापतिको उम्मेदवार सोमबार बिहान १० बजे बैठक आह्वान गरेका थिए। त्यो बैठक स्थगित गरेर दिउँसो दुई बजेलाई सारेका थिए। त्यो बैठकले उम्मेदवार तय गर्न सकेको थिएन।

समिति सभापतिका लागि कांग्रेस सांसदहरू दीलेन्द्रप्रसाद बडू, हृदयराम थानी, अम्बिका बस्नेत र सरिता प्रसाईँको पनि नाम चर्चामा छ।

यसअघि राज्य व्यवस्था समिति सभापतिमा कांग्रेसकै सांसद रामहरि खतिवडा थिए। कुलिङ पिरियड सम्बन्धी विवादमा मुछिएपछि सभापति पदबाट खतिवडाले गत साउन २८ गते राजीनामा दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here