मिडियाको भूमिका अत्यन्तै महत्वपूर्ण: मन्त्री यादव

31

वीरगंज (पर्सा), १४ भदौ : खानेपानीमन्त्री प्रदीप यादवले देशको समृद्धि, सीमा क्षेत्रको सुरक्षा र नागरिक सचेतनामा मिडियाको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताउनु भएको छ ।

शनिबार वीरगञ्जमा मिडिया फर बोर्डर हार्मोनी, नेपालले आयोजना गरेको नेपाल–भारत सीमापार मिडिया सम्मेलन २०२५ को समापन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले नेपाल–भारत सीमा क्षेत्रमा क्रियाशील मिडियाकर्मीकै माध्यमबाट नागरिकहरू आफ्नो हक–अधिकार र सीमाबारे जानकार रहँदै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सीमा क्षेत्रमा क्रियाशील मिडियाकर्मीलाई विभिन्न समस्या, चुनौती छन् ।  तथापी देशको समृद्धि, सीमा क्षेत्रको सुरक्षा र नागरिक सचेतनामा उहाँहरुको भूमिका अत्यन्तै महत्वपूर्ण छ ।”

यसैगरी मन्त्री यादवले नेपाल–भारत सीमापार मिडियाबाट प्रवाह हुने सकारात्मक समाचार र सन्देशहरूले दुबै देशका सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई आपसी समझदारी र सहकार्यमा निकै सहजता प्रदान गरेको विश्वास व्यक्त गर्नुभयो  ।

“सीमापार मिडियाबाट प्रवाह हुने सकारात्मक समाचार र सन्देशहरूले दुबै देशका सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सहजता प्रदान गरेको छ । यो आफैमा निकै खुशीको विषय पनि हो,” उहाँले भन्नुभयो ।

मन्त्री यादवले नेपाल–भारत सीमापार मिडिया सम्मेलन २०२५ को सफलताको शुभकामना व्यक्त गर्नु हुँदै यस सम्मेलनले आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here