बजारमा सुनको मूल्य बढ्याे

17

काठमाडौं । मंगलबार पनि स्थानीय बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँ बढेको हो।

योसँगै आज सुनको मूल्य प्रतितोला दुई लाख ५ हजार ९०० रुपैयाँ पुगेकोछ । यसअघि सोमबार सुन प्रतितोला दुई लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा दुई हजार ४७० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १५ रुपैयाँ बढेर दुई हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here