प्रहरी प्रधान कार्यालयका अनुसार संखुवासभाको भोटखोला गाउँपालिकामा कोशी राजमार्ग, सोही जिल्लाको मकालु गाउँपालिकामा सोही राजमार्गको केही भागमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो।
पासाङल्हामु राजमार्गको गोसाइकुण्ड गाउँपालिकाको केही खण्ड तथा गल्छी-त्रिशुली-मैलुङ सडक बन्द छन्। ढोरपाटन-सालझण्डी, बेनी-दरबाङ सडक, भेरी करिडोर,कर्णाली राजमार्गअन्तर्गत जाजरकोटको छेडागाड र जाजरकोट-डोल्पा सडक खण्ड पनि बन्द छन्।
सुरक्षाकर्मी सडक खुलाउन परिचालन भएका छन्। बाढी पहिरोका कारण बन्द भएका देशका विभिन्न भागका आठ सडकमा एकतर्फी सवारी साधन सञ्चालन भएका छन्।
















