एक्सले दर्ता गर्न आवश्यक कागजात विवरण मागे

14

काठमाडौं । सामाजिक सञ्जाल एक्सले दर्ता गर्न आवश्यक कागजातबारे विवरण मागेको छ ।

शुक्रबार एक्सले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग दर्ताका लागि चाहिने कागजातबारे विवरण माग्दै मेल पठाएको हो ।

‘दर्ताको लागि केके कागजात चाहिन्छ भन्दै एक्स सम्पर्कमा आयो ।

हामीले त्यसबारे बताउँदै मेल गरेका छौँ,’ सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले प्रवक्ताले जानकारी गराए ।

सरकारले सामाजिक सञ्जालहरू चल्न रोक लगाएसँगै अहिले यसको पक्ष र विपक्षमा विभिन्न बहसहरू भइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here