आजदेखि एमालेको विधान महाधिवेशन

22

काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आजदेखि सुरु हुँदै छ।

गोदावरी स्थित सनराइज हलमा हुने महाधिवेशन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्।

यो दोस्रो विधान अधिवेशन हो। महाधिवेशनका लागि सातदोबाटोदेखि गोदावरीसम्मको १० किलोमिटर दुरीभित्र १८ वटा स्वागतद्वार बनाइएका छन्। बिजुलीका खम्बामा हँसिया हथौडा र सूर्य चिह्न अङ्कित झन्डा राखिएका छन्। सातदोबाटोदेखि गोदावरीसम्म आवतजावतका लागि निःशुल्क गाडीको व्यवस्था गरिएको छ।

एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प,सुखी नेपाली समृद्ध नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मुल नारा तय गरेको छ।

करिब १२ मिनेटमा उद्ध्घाटन कार्यक्रम सक्ने तयारी गरिएको छ। त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुहुनेछ। अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन हिजोको सचिवालय बैठकले पास गरेको छ। अध्यक्ष ओलीको प्रतिवेदन पछि करिब एक बजे एक घण्टाका लागि  ‘खाजा ब्रेक’ को कार्यक्रम रहेको छ। त्यसपछि उपाध्यक्ष विष्णु प्रसाद पौडेलले विधान संसोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। यसैगरी निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन पनि आजै पेश गरिनेछ। साँझ पाँच बजे आजका कार्यसुची सकिनेछ।

महाधिवेशनको दोस्रो दिन भदौ २१ गते  प्रस्तुत गरिएको दस्ताबेजको १० वटा समूह बनाई छलफल गरिने छ। उनका अनुसार भदौ २२ गते समूहबाट आएका सुझावलाई प्रस्तुतीकरण गर्ने र सुझावमाथि प्रतिउत्तर दिने कार्यतालिका छ।

यस्तै सोही दिन नै केन्द्रीय निर्वाचन आयोगका निर्वाचन गर्ने र समसामयिक प्रस्तावसहित महाधिवेशनको समापन गर्ने कार्यतालिका रहेको उनले जानकारी दिए।

महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल दुई हजार ३४१ जनाको सहभागी हुनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here